जिल्ला अस्पतालको बन्द ओपिडि सेवा सुचारु

३ बर्ष अघि

२0७८ असार २0 आईतवार

जिल्ला अस्पतालको बन्द ओपिडि सेवा सुचारु

जिल्ला अस्पताल दार्चुलामा बन्द रहेको ओपिडि सेवा सुचारु भएको छ । कोभिड महामारीको दोस्रो लहरका कारण दार्चुला अस्पतालको आपिडि सेवा बन्द गरिएको थियो । बन्द रहेको ओपिडि सेवा आइतबार देखी सुचारु भएको छ  हाल कोभिड संक्रमण दरमा केही कमि भएकाले स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना गरी ओपिडि सेवा सुचारु गरिएको अस्पतालले जनाएको छ ।

दार्चुला अस्पतालमा डेढ महिना भन्दा बढी समय देखी ओपिडि सेवा बन्द रहेको थियो । ओपिडि सेवा बन्द हुँदा विरामी मार्कामा परेका थिए । अस्पतालमा कोरोना संक्रमितको चाप बढे पछि ओपिडि सेवा बन्द गरिएको थियो । ओपिडि सेवा बन्द रहेका बेला अस्पतालमा आएका अन्य बिरामी लाई स्वास्थ्य मापदण्ड अपनाई आपतकालिन सेवामै भएपनि उपचार सेवा निरन्तर दिएको थियो । कुनै पनि विरामीलाई उपचार नगरी फिर्ता नपठाएको अस्पतालले जनाएको छ । अहिले कोरोना संक्रमण दर जिल्लामा पनि कम हुदै गएकाले छ ।

संक्रमितको संख्या घट्दै गए पछी ओपिडि सेवा संचालन गरिएको सुचना अधिकारी डम्मर दत्त भट्टले जानकारी दिनु भएको छ ।  हाल अस्पतालमा उपचाररत कोरोना संक्रमितको संख्या कमि आइपछि ओपिडि सेवा सुचारु गरिएको उहाँले बताउनु भयो । ओपिडि सेवा बन्द गरेको भए पनि प्रसुति सेवाका साथै आकस्मीक सेवा भने अस्पतालले संचालनै गरेको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ ।