२ हजार ८ सय ९२ कोरोना संक्रमित थपिए, ४१ को मृत्यु

३ बर्ष अघि

२0७८ असार १६ बुधबार

२ हजार ८ सय ९२ कोरोना संक्रमित थपिए, ४१ को मृत्यु

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८ सय ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार १ सय ८७ जनाको पीसीआर परीक्षणबाट १ हजार ८ सय ८९ र ४ हजार ३ सय ८१ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ हजार ३ जना गरी जम्मा २ हजार ८ सय ९२ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा थप ४१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप ३ हजार ५ सय ९७ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।