भ्रष्टाचार निवारणका लागि सबैले एक ढिक्का भएर अगाडि बढ्न आग्रह

३ बर्ष अघि

२0७८ असार १६ बुधबार

भ्रष्टाचार निवारणका लागि सबैले एक ढिक्का भएर अगाडि बढ्न आग्रह

दार्चुला जिल्लाको भ्रष्टाचार निवारण गर्नका लागि सबै निकायले एकढिक्का भएर अगाडि बढ्नु अवश्यक रहेको बताएका छन । अख्तियार दुरुपयोग अनुसन्धाको कार्यालय कञ्चनपुरको आयोजनामा सञ्चालन गरिएको अन्तर कृया कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन । दार्चुला जिल्लामा संघिय सरकार प्रदेश सरकार र स्थानीय सरकारहरु संग सहकार्य नभएकाले पनि भ्रष्टाचार बढिरहेको जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख करविर बहादुर कार्कीले बताउनु भयो । सुदुरपश्चिम प्रदेशमा मात्रै आर्थिक बर्ष २०७७÷०७८ को जेठ मसान्त सम्म मात्रै १६ सय ५९ वटा उजुरी परेकामा ५ सय ७६ फछर्यौट भएको छन । पछिल्लो समय घरायिसि विबाद उपभोक्ता समिति विबाद लगाय मनमुटावका कारण पनि उजुरी बढिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यालय कन्चनपुरका प्रमुख कृष्ण प्रसाद सावकोटाले बताउनु भयो । स्थानीय तहहरुले जेनतेन काम गरि हरेक नागरिकलाई सेवा दिईरहेको भएपनि काम गर्दा सुसासनको प्रत्याभुति दिन नसकिएको हुन सक्छ त्यसैले अख्तियार अनुसन्धानले आफै क्षेत्राधिकार बढाई सत्यतथ्य छानविन गर्नु आवश्यक रहेको स्थानीय तहका प्रमुखहरुको भनाइ रहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चानपुरको आयोजना दार्चुला जिल्लाका ९ वटै स्थानीय तहका पदाधिकारी र जिल्लामा रहेका सरकारी कार्यालयका प्रमुखहरुसंग एकदिने अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।