स्वास्थ्य कार्यालय दार्चुलाको आयोजनमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन

३ बर्ष अघि

२0७८ असार १३ आईतवार

स्वास्थ्य कार्यालय दार्चुलाको आयोजनमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन

स्वास्थ्य कार्यालय दार्चुलाको आयोजनामा जिल्लाका ९ वटै स्थानीय तहहरुमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । गाँउमा उपचार नपाएका नागरिकहरुलाई स्वास्थ्य सेवाको पहुँच पुगाउने उदेश्यका साँथ असार १२ गतेबाट निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शनिबार मालिकार्जुन गाँउपालिकाको शंकरपुर पस्ती स्वास्थ चौकिमा पहिलो दिन १ सय १८ जनाले सेवा लिएका छन । खासगरि आङखसेका, महिलहरु तथा विभिन्न रोगहरु लागेका तथा सदरमुकाम सम्म पुग्न नसकेका विरामीहरुलाई उपचार गराएको जिल्ला अस्पाताल दार्चुलाका  डाक्टर पुजा बमले बताउनु भयो । निःशुल्क रुपमा गाँउघरमा पुगेर सेवा दिएको प्रति स्थानीय नागरि खुसि भएका छन । हरेक नागरिकलाई गाँउगाँउ र बस्तिमा पुगी स्वास्थ्य कार्यालयले स्वास्थ्य सेवा दिएकाले अवका दिनमा पनि यस्तै सेवाहरु अरु ठाँउमा पनि दिए ठिक हुने स्थानीय धनमती धामीको भनाई छ । दार्चुला जिल्लाका ९ वटै स्थानीय तहहरुमा गई निशुल्क रुमा स्वास्थ्य सेवा दिने र  विभिन्न रोगहरुको उपचार गराउने सर्ने तथा नसर्ने रोगहरुका विरामीहरु बढिरहेकाले रोगको पत्तालगाएर उचार गराउने उदेश्यले प्रजन्न स्वास्थ्य र नशर्ने रोग निदान तथा उपचार शिविरको आयोजना गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताउनु भयो । शिविर असार १२ देखि २३ गते समम्म जिल्लाका ९ वटै स्थानीयतहहरुमा शिविर सञ्चालन भईरहेको छ ।