ब्याँसको आगामी बजेट सैँतीस करोड

३ बर्ष अघि

२0७८ असार ११ शुक्रबार

ब्याँसको आगामी बजेट सैँतीस करोड

ब्याँस गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३७ करोड १७ लाख ३४ हजार बजेट आठौँ गाउँसभामा पेश गरेको छ । १७ करोड ९ लाख ८७ हजार चालु तर्फ र २० करोड ७ लाख ४७ हजार पुँजीगत बजेटको अनुमानित बजेट गाउँपालिका उपाध्यक्ष हेमा भट्टले प्रस्तुत गर्नु भएको छ । संघीय सरकारबाट प्राप्त हुने विभिन्न अनुदान अन्तरगत २७ करोड ८१ लाख, प्रदेश सरकारबाट दुई करोड ४ लाख ७७ हजार अनुदान प्राप्त हुने अनुमान गरिएको छ । गाउँपालिकाको आन्तरिक आम्दानी २५ लाखको प्रक्षेपण गरिएको छ । यस्तै गाउँपालिकाले विभिन्न नयाँ कार्यक्रम समेत ल्याएको छ । मेरो पुर्वाधार बिकासका लागि मेरो श्रम कार्यक्रम संचालन गरि कोरोना महामारीको कारण रोजगारी गुमाएर देश बिदेश बाट घर फर्किएका युवाहरूको सिप,क्षमता,योग्यता,अनुसारको रोजगारीको अवशर सिर्जना गर्ने लक्ष्य राखेको छ । रोजगारीका अवसर सिर्जना गर्न ब्याँस गाउँपालिकामा जडिबुटी प्रसोधन केन्द्र स्थापना गर्न पहल गरिनेछ । कृषि पेसामा युवाहरूलाई आकर्शीत गर्न कृषि व्यवसाय गर्न चाहने युवाहरूलाई सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउन वित्तीय क्षेत्र संग समन्वय गर्ने, ब्याँसको जैविक कृषि उत्पादन लाई राष्ट्रिय रूपमा पहिचान गराउन सुन्तला,ओखर,कोदो,जौ,राज्माको ब्रान्ड सहित देशका मुख्य मुख्य सहरमा निर्यात गर्ने लक्ष्य लिइएको छ । एक गाउँ एक कृषि तथा प्राविधिक कार्यक्रम लाई निरन्तरता दिईने गाउँपालिका अध्यक्ष दिलिपसिंह बुढाथोकीले बताउनु भयो ।  चौरिको दुध मिसन कार्यक्रम अन्तरगत चौरी प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने लगायतका विभिन्न कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको गाउँपालिकाले जनाएको छ