दार्चुलामा चालक सहचालकको अनिवार्य एन्टिजेन

३ बर्ष अघि

२0७८ असार ११ शुक्रबार

दार्चुलामा चालक सहचालकको अनिवार्य एन्टिजेन

दार्चुलामा चालक सहचालको एन्टिजेन रिर्पोट अनिवार्य गरेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले असार ११ गतेबाट जिल्लाभित्र यातायात सञ्चालन खुला गरेको छ । असारको महिनामा आवतजावत बढ्ने तथा व्यवसायीले चर्को भाडा असुली गर्ने गरेको भन्दै जिल्लाभित्रको यातायात खुुला गर्ने निर्णय गरेको हो । जिल्ला कोभिड १९ व्यवस्थापन समितिको बैठक बस्नु अघि बुधबार नै जिल्ला मानवअधिकार रक्षक सञ्जालले जिल्लाभित्रको यातायात सहज बनाउन प्रशासनलाई आग्रह गरेको थियो । 
सञ्जालले ९ बुदे ध्यानाकर्षण पत्र बुझाउँदै अहिलेको अवस्थामा जीप व्यवसायीले मनपरी चर्को भाडा लिने गरेको र खाद्यान्न ढुवानी, स्थानीयलाई आवत जावतमा समस्या परेको भन्दै यातायात व्यवस्थापन र जिल्लाभित्र सहज आवतजावतको व्यवस्थापन गर्न ध्यानाकर्षण गराएको थियो । प्रशासनले जिल्लाभित्र सवारी साधन जोरविजोर नम्बरका आधारमा सञ्चालन हुने दिने भएको छ । यसको लागि सवारी चालक र सहचालकको अनिवार्य एन्टिजेन परिक्षण गर्न भनेको छ । व्यवस्थापन समितिको निर्णय अनुसार प्रशासनले सूचना जारी गर्दै गाडीमा क्षमता भन्दा बढि यात्रु राख्न नपाईने उल्लेख गरिएको छ । गाडीमा क्षमता भन्दा बढि यात्रु राख्न पाइने छैन्, प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले भन्नुभयो, गाडीमा सुरक्षामापदण्डको पूर्ण पालना गराईने छ । व्यवसायीले लिने गरेको चर्को भाडा प्रहरीले अनुगमन गर्ने छ ।  एन्टिजेन रिपोर्ट नेगेटिभ आए मात्रै चालकले गाडी चलाउन पाउनेछन् । दार्चुलाको महाकाली नगरपालिकाको बसर्पाक, शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर र मार्मा गाउँपालिकाको विटुलेमा चालक सह चालकको एन्टिजेन परिक्षणको व्यवस्था मिलाईने छ । एन्टिजेन परिक्षणको लागि स्वास्थ्य कार्यालय दार्चुलाले स्थानीय तहलाई किट उपलब्ध गराउने जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताउनुभयो । यात्रुहरुमा पनि कोरोनाको लक्षण देखिएमा चालकसँगै एन्टिजेन परिक्षण गरिनेछ । प्रहरीले सवारी चालक अनुमति पत्रजस्तै एन्टिजेन परिक्षण गरेको रिपोर्ट प्रहरीलाई देखाउनुपर्ने छ ।