आठ स्थानीय तहले ल्याए साढे तीन अर्ब बढी बजेट

३ बर्ष अघि

२0७८ असार ११ शुक्रबार

आठ स्थानीय तहले ल्याए साढे तीन अर्ब बढी बजेट

दार्चुलाका नौ ओटा स्थानीय तहमध्ये आठ ओटा स्थानीय तहले आगामी आर्थिक वर्षका लागि बजेट नीति तथा कार्यक्रम ल्याएका छन् । लेकम बाहेक सम्पूर्ण स्थानीय तहले आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट ल्याएका हुन् । महाकाली नगरपालिकाले ६३ करोड ३५ लाख ४२ हजार आगामी अनुमानित बजेट नगर सभामा प्रस्तुत गरेको छ । त्यस्तै शैल्यशिखर नगरपालिकाले ५३ करोड ८४ लाख ५६ हजार अनुमानित बजेट नगर उपप्रमुख राजमती बम पालले नगरसभामा  प्रस्तुत गर्नु भएको छ । नगरपालिका पछि सबैभन्दा बढी बजेट ल्याउनेमा नौगाड गाउँपालिका देखिएको छ । नौगाड गाउँपालिकाले ४५ करोड ९३ लाख ४० हजार आगामी बजेट ल्याएको छ । जिल्लाका गाउँपालिकामध्ये सबैभन्दा बढी नौगाड गाउँपालिकाले बजेट ल्याएको हो । नौगाड गाउँपालिकाको झण्डै ४६ करोड आगामी बजेट ल्याएको छ । चालु तर्फ रु ११ करोड ८२ लाख ४२ हजार र पूजिँगततर्फ ७ करोड ६७ लाख बजेट रहेको छ । सशर्त तर्फ २० करोड १८ लाख ८ हजार, बिशेष अनुदानतर्फ रु ४ कारोढ ७ लाख, समपुरक अनुदानतर्फ रु २ करोड १८ लाख९० हजार गरी जम्मा ४५ करोड ९३ लाख ४० हजार रहेको छ । मालिकार्जुन गाउँपालिकाले ४४ करोड २६ लाख ६५ हजार बजेट ल्याएको वडा नम्बर ८ का वडाध्यक्ष पदम राज पन्तले बताउनु भयो । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम गाउँपालिका उपाध्यक्ष पुष्पा अवस्थीले प्रस्तुत गर्नु भएको थियो । वार्षिक नीति तथा कार्यक्रमम पारित भइसकेको गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामीले बताउनु भयो । मार्मा गाउँपालिकाले ४१ करोड १९ लाख ५४ हजारको बजेट ल्याएको छ ।मार्मा गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रम भने असार ८ गते नै ल्याइसकेको गाउँपालिका अध्यक्ष जमनसिंह धामीले बताउनु भयो । ब्याँस गाउँपालिकाले ३७ करोड १७ लाख ३४ लाखको बजेट ल्याएको छ । अपिहिमाल गाउँपालिकाले ३३ करोड २१ लाख ९० हजार आगामी गाउँसभामा प्रस्तुत गरेको उपाध्यक्ष उर्मिला बोहराले बताउनु भयो । त्यस्तै दुहूँ गाउँपालिकाले ३६ करोड ३२ लाख ७६ हजार आगामी बजेट ल्याएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ र अन्तर सरकार वित्तीय व्यवस्थापन ऐन बमोजिम स्थानीय सरकारले आगामी आर्थिक वर्षको बजेट असार १० गतेसम्म ल्याइसक्नुपर्ने कानुनी व्यवस्था छ । तर लेकम गाउँपालिकाले विभिन्न कारण आगामी नीति तथा कार्यक्रम प्रस्तुत गर्न सकेको छैन ।