मार्मा गाउँपालिकाको बजेट ४१ करोड १९ लाख

३ बर्ष अघि

२0७८ असार ११ शुक्रबार

मार्मा गाउँपालिकाको बजेट ४१ करोड १९ लाख

मार्मा गाउपालिकाले आगामी आगामी आर्थिक वर्ष ०७८।०७९ को लागि कुल ४१ करोड १९ लाख ५४ हजार रुपैयाँ बजेट ल्याएको छ । गाउँपालिकाको नवौं बार्षिक सभाका गाउँपालिका अध्यक्ष जमनसिह धामीले आगामी आर्थिक वर्षमा कार्यान्वयन हुने गरी चालूतर्फ २८ करोड १६ लाख ६९ हजार तथा पूजीगतर्फ १३ करोड २ लाख ७५ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको हो । गाउँपालिकालको स्वास्थ्य क्षेत्र अन्तर्गत कोभिड नियन्त्रण र उपकरण खरिदमा जोड दिएको  छ । गाउँपालिकालको प्रस्तुत गरेको बजेट अनुसार स्वास्थ्य क्षेत्र व्यवस्थापनतर्फ १ करोड ६० लाख तथा कोभिड नियन्त्रणतर्फ ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । यस्तै संघ प्रदेश संघको साझेदारीमा निर्माण भइरहेका सडक तथा पूर्वाधार निर्माणमा ठूलो बजेट खर्च भएको छ ।  जसअनुसार ताकु घोल्जर परमचुला हुँदै बझाङ जोड्ने पर्यटकीय सडकतर्फ संघीय सरकारको एक करोड तथा गाउँपालिकाको समपूरकतर्फ ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । लटिनाथ सार्सी बजानी हुँदै बैतडी जोड्ने सडक अन्तर्गत गाउँपालिकाले ५० लाख रुपैयाँ, लटिनाथ खेलमैदान निर्माण तर्प २५ लाख, गुल्जर सांस्कृति पर्यटन पूर्वाधारतर्फ ३० लाख रुपैयाँ र गाउँपालिका प्रशासकीय भवननिर्माणतर्फ ५० लाख रुपैयाँ गाउँपालिकाले खर्च गर्ने भएको छ । यसैगरी कृषि क्षेत्रको समग्र विकासको लागि १ करोड ३ लाख ६५ हजार रुपैयाँ,  लघु उद्यम निर्माणमा ३० लाख रुपैयाँ, तिनेतारा विद्यालय निर्माणमा १४ लाख ४२ हजार, ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनासँगको साझेदारी कार्यक्रमको समपूरक अन्तर्गगत १ करोड २६ लाख १९ हजार रुपेइाँ बजेट विनियोजन गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत २ करोड ३ लाख २४ हजार तथा गाउपालिका अध्यक्ष रोजगार कार्यक्रम अन्तर्गत ५० लाख बजेट विनियोजन गरिएको छ । यस्तै बहु क्षेत्रीय पोषण सुधार कार्यक्रम अन्तर्गत ३२ लाख, सहिद परिवार सम्मान कार्यक्रम अन्तर्गत २ लाख शहिद बालबालिका छात्रबृत्ति अन्तर्गत ५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । गाउँपालिकाले जनतासँग प्रहरी साझेदारी कार्यक्रम अन्तर्गगत १ लाख तथा प्रहरी पोष्ट निर्माणतर्फ १ लाख बजेट विनियोजन गरिएको छ । बालविकास सहजकर्ता तथा विद्यालय कर्मचारी परिचालन अन्तर्गत १० लाख २७ हजार, तथा शैक्षिक क्षेत्र सुधार कार्यक्रम अन्तर्गत १ करोड ५४ लाख ७३ हजार रुपैयाँ बजेट विनियोजन भएको छ ।  मार्मा गाउँपालिकाले लटिनाथ क्याम्पस १५ लाख, लटिनाथ मावि रस्कोट ५ लाख, तपोवन मावि पडपडा १० लाख र दुर्गेश्वर मावि घोल्जरलाई ६ लाख रुपैयाँ अनुदान सहयोग घोषणा गरिएको छ ।