लगातारको बर्षाका कारण महाकाली लोकमार्ग अबरुद्ध

६ बर्ष अघि

२0७५ श्रावण २८ सोमबार

लगातारको बर्षाका कारण महाकाली लोकमार्ग अबरुद्ध

दृष्टीकोण समाचार, साउन २८ दार्चुला । लगातार तीनचार दिन देखि झरी परेपछि माहाकली लोक मार्गमा पहिरो जाँदा सडक अबरुद्ध भएको छ । मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ रनेवास भन्ने स्थानमा सोमबार विहान पहिरो गएपछि सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
पहिरो आउने क्रम नरोकीएपछि सडक सुचारु गर्न समस्या भएको छ । अलिहे सानो स्काईभेटर सम्बन्धित ठाउँमा पुगेको भएपनि त्यसले नभ्याउने जिल्ला प्रहरी प्रमुख डिएसपी नवराज अधिकारीले जानकारी दिनुभयो । पहिरो गएपछि दार्चुलाबाट चल्ने लामो तथा छोटो दुरीका यातायातका साधनहरु बाटोमै रोकिएका छन् ।