मार्मा गाउँपालिकाको नीति कार्यक्रम सार्वजनिक

३ बर्ष अघि

२0७८ असार ८ मंगलवार

मार्मा गाउँपालिकाको नीति कार्यक्रम सार्वजनिक

मार्मा गाउँपालिकाको नवौं गाउँसभा सुरु भएको छ । स्थानीय तह गठनपश्चातको नवौं गाउँसभाले आगामी वर्ष  भौतिक पूर्वाधार निर्माण कार्यमा जोड दिएको छ । आगामी आर्थिक वर्ष ०७८।०७९ को बार्षिक नीति कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष जमनसिह धामीले बार्षिक नीति कार्यक्रमअनुसार आगामी वजेट आउने बताउनुभयो । गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि विस्तृत परियोजना निर्माण गरेर नयाँ भौतिक निर्माणकार्य अघि बढाउने बताउनुभयो । रणनीतिक महत्वको विटुले पारिबगर सडकखण्डलाई चाडो स्तरोन्नतीको लागि पहल गरिने गाउँपालिकाले जनाएको छ । यस्तै गाउँपालिकाभित्र सञ्चालनमा रहेका पारिबगर ताकु घोल्जर, परमचुला धार्मिक पर्यटकीय मार्ग निर्माणमा तिव्रता दिइने नीति कार्यक्रममा उल्लेख गरिएको छ । निर्माणाधीन यो सडकले बझाङ जोड्नेछ । यस्तै तपोवन मुरै निम्ठा सडक निर्माण सुरु गरिएको छ । यो सडकका विभिन्न क्षेत्रमा अवरोध हुने गरेको उल्लेख गर्दै समन्वयमार्फत सडकमा निर्माण जोड दिइने उल्लेख छ । मार्मा गाउँपालिका ३ लटिनाथ सार्सी हुँदै बैतडी जोड्ने गरी निर्माण भइरहेको सडक पनि तिव्र रुपमा अघि बढाइने गाउँपालिकाले जनाएको छ ।  चालू आर्थिक वर्षसम्म पारिबगर ताकु घोल्जर परमुचली सडकको १० किलोमिटर ट्याक खुलाइएको छ । यस्तै लटिनाथ सार्सी बजानी सडक खण्डको ७ किलोमिटर तथा निर्माण तपोवन सडकको ४ किलोमिटर सडकको ट्याक खुलाइएको गाउँपालिका अध्यक्ष धामीले बताउनुभयो ।  यसैगरी विटुले पाबिरगर रणनीतिकसडक खण्डको १४ किलोमिटर सडक खण्ड स्तरोन्नी भएको गाउँपालिकाले जनाएको छ । यस्तै भैसेबगर शेरी, सिमार पडपडा लगायतमा निर्माण हुने मोटरपूल तथा घट्टेगाड नौगाड खोलमा मोटर पूल समयमै सम्पन्न गरिने जनाइएको छ ।