लास्कु खोलामा होम पाइपभित्र अड्कीएर दुई बालकको मृत्यु

३ बर्ष अघि

२0७८ असार ८ मंगलवार

लास्कु खोलामा होम पाइपभित्र अड्कीएर दुई बालकको मृत्यु

दार्चुला । दार्चुला जिल्लाको महाकाली नगरपालिका ४ बंगाबगडको लास्कुखोलामा होम पाइपभित्र अड्कीएर दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा व्याँस गाउँपालिका ४ घर भई हाल खलंगा बस्दै आउनुभएका १७ वर्षीय प्रकाश खत्री र दुहुँ गाउँपालिका ४ ब्रह्मदेव घर भई खलंगा आर्मी गेट नजिक बस्दै आउनुभएका १२ वर्षीय रमित कुवर रहेका छन् । महाकाली लोकमार्ग, दार्चुला तिंकर सडक अन्तर्गत निर्माणाधीन लास्कुखोलाको मोटरवल पूलभित्र राखिएको होम पाइपमा अड्कीएर दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो ।  मंगलबार दिउँसो गर्मीको समयमा नदीमा पौडी खेल्ने क्रममा उनीहरु बगेर होमपाइपभित्र अड्कीएको प्रहरीले जनाएको छ । निरन्तर वर्षाका कारण निर्माणाधीन पूलभित्र होम पाइप राखेर नदी खुलाइएको थियो । पूललाई क्षति नगरोस् भन्ने होम पाइप राख्न लगाइएको भए पनि पौडी खेल्ने बेला दुवै बालक अड्कीएका हुन् । होमपाइप भित्र अड्कीएर मृत्यु भएका बालकलाई जेसीभी लगेर निकालिएको थियो ।