ईलाका प्रहरी कार्यालय गोकुलेश्वरले विभिन्न सार्वजनिक स्थलमा बृक्षारोपण

३ बर्ष अघि

२0७८ असार ८ मंगलवार

ईलाका प्रहरी कार्यालय गोकुलेश्वरले विभिन्न सार्वजनिक स्थलमा बृक्षारोपण

दार्चुला । दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ का विभिन्न सार्वजनिक स्थान तथा सरकारी कार्यालयको परिसरमा बृक्षारोपण गरिएकोे छ । इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक अरुण बमको नेतृत्वको प्रहरी टोली, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर बिष्ट, वडा नम्बर ९ का वडाध्यक्ष रामधनि बिष्ट, बजार व्यवस्थापन समिति अध्यक्ष, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको टोलीले बृक्षारोपण गरेका हुन् । शैल्यशिखर नगरपालिकाको वडा कार्यालय, गोकुलेश्वर अस्पताल, गोकुलेश्वर बहुमुखीक क्याम्पस, गोकुलेश्वर मावि र उक्त विद्यालयको छात्राबासको परिसरभित्र बृक्षारोपण गरिएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ । इलाका प्रहरी कार्यालयको आयोजनामा विभिन्न जातका दुई सय बोटबिरुवा रोपिएको हो ।