दार्चुलामा गर्भवती बचाउन सेनाले दिए रगत

३ बर्ष अघि

२0७८ असार ७ सोमबार

दार्चुलामा गर्भवती बचाउन सेनाले दिए रगत

दार्चुला । दार्चुलामा गर्भवती बचाउन सेनाले रगत दिएका छन् । गर्भवती महिलाको अप्रेशनको लागि ए पोजेटि रगत आवश्यक परेकोमा सेनाका दुई जनाले रगत दिएका हुन् । जिल्ला सदरमुकाम खलंगास्थित गुरुगोरख दल गुल्ममा कार्यरत हवल्दारद्वय कमल कुमार मोक्तान र राजेन्द्र नेपालीले रगत दान गरेका हुन् । गर्भवती महिलालाई अप्रेशनको लागि रगत चाहिएको थियो । रगत दिने मान्छे कोही नहुँदा नेपाली सेनालाई खबर गरिएको थियो । सेनाबाट रगत पाइएपछि अप्रेशनको लागि सहज बनेको जिल्ला अस्पताल दार्चुलाका ल्याब असिस्टेन्ट दिपक विष्टले बताउनुभयो । जिला अस्पताल दार्चुलामा रक्त सञ्चार केन्द्र स्थापना भएकोे भए पनि जहिल्यै यो ठाउँमा रगत अभाव हुने गरेको छ । रगत दिन स्थानीय तयार नहुँदा अहिलेसम्म रगतको लागि नेपाली सेना, सशस्त्र प्रहरीलाई गुहार्नुपरेको अस्पतालले जनाएको छ ।  चाहिएको बेला सेना सशस्त्र आएर रगत दिने काम गर्छन्, जुन कार्य प्रंशसनीय छ, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दलजीतसिह धामीले भन्नुभयो, आफ्नो ज्यानलाई प्रवाह नगरी देश र जनताको सुरक्षामा खटिने सुरक्षाकर्मीले रक्तदान गरेर सहयोग गर्छन् । यो कार्यको अस्पताल व्यवस्थापन समिति धन्यवाद ज्ञापन गर्छ, अध्यक्ष धामीले भन्नुभयो ।