महाकालीको बहाव खतराको सतहभन्दा माथि

३ बर्ष अघि

२0७८ असार ५ शनिबार

महाकालीको बहाव खतराको सतहभन्दा माथि

दार्चुला । लगातारको वर्षाले गर्दा महाकाली नदीले खतराको सतह नाघेको छ । शुक्रबार रातीको भन्दा शनिबार बिहान पानीको सहत थोरै घटेपनि जोखिम फेरी पानीको सतह कायमै रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । महाकाली नगरपालिका ९ दत्तुमा राखिएको जलमापन केन्द्रमा पानीले खतराको सतह पार गरेको सूचना प्राप्त भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । शुक्रबार राती प्रशासनले निकालेको सूचना अनुसार जलमापन केन्द्र दत्तुमा महाकाली नदीको सतह ६.७ मिटर पुगेको छ । भने सदरमुकाम खलंगाको पुलघाटमा ४.५ मिटर पुगेको छ । महाकाली नदीले खतराको सतह पार गरेको भन्दै सतर्कता अपनाउन जिल्लाबासीमा स्थानीय प्रशासन र सुरक्षा निकायहरुले अनुरोध गरेका छन् । महाकालीमा बाढीको जोखिम बढेपछि प्रहरीले माइकिङ गर्दै महाकाली नदी तटिय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरिरहेको छ । तीन र चार दिनदेखिको वर्षाका कारण महाकालीमा पानीको जलस्तर बढेसंगै बंगाबगड पारीको क्षेत्र धारचुलाको खोतीला पहिरो क्षेत्रमा नदीले कटान गर्न थालेको छ । बंगाबगडको पारिपट्टी रहेको खोतीला पहिरो कटान हुन थालेपछि भारतीय बाटो अवरुद्ध बनेको छ । खोतीला पहिरोका कारण खलंगाको तडबन्ध र बजार क्षेत्र जोखिममा रहेको छ ।