विश्वमा एकैदिन ३ लाख ८५ हजार संक्रमित थपिए, ८ हजार ५ सय बढीको मृत्यु

३ बर्ष अघि

२0७८ असार ४ शुक्रबार

विश्वमा एकैदिन ३ लाख ८५ हजार संक्रमित थपिए, ८ हजार ५ सय बढीको मृत्यु

काठमाडौँ । विश्वमा बितेको २४ घण्टामा ३ लाख ८५ हजार ५ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ८ हजार ५ सय ८६ जना कोरोना संक्रमितको मृत्यु भएको वल्डोमिटर्सले जनाएको छ । योसँगै विश्वमा कोरोना संक्रमितको संख्या १७ करोड ८१ लाख ८५ हजार ३ सय ८९ पुगेको छ । अहिलेसम्म ३८ लाख ५७ हजार ५ सय ४ जनाले ज्यान गुमाएका छन् । संक्रमित १६ करोड २६ लाख ८३ हजार १ सय ८२ जनाले कोरोनालाई जितेका छन् भने १ करोड १६ लाख ४४ हजार ७ सय ३ जनामा सक्रिय संक्रमण छ। सक्रिय संक्रमितको विभिन्न अस्पताल तथा होम आइसोलेसनमा उपचार भइरहेको छ । उपचाररतमध्ये ८२ हजार ५ सय १५ को स्वास्थ्य अवस्था गम्भीर छ ।