मार्मामा चरेशसहित एक जना पक्राउ

३ बर्ष अघि

२0७८ असार ४ शुक्रबार

मार्मामा चरेशसहित एक जना पक्राउ

दार्चुला । दार्चुला जिल्लाको मार्मामा चरेशसहित एक पक्राउ परेका छन् । मार्मा गाउँपालिका ४ का ४३ वर्षीय पदमसिह विष्ट २८ ग्राम चरेशसहित पक्राउ परेका हुन् । माार्म गाउँपालिकाको लटिनाथमा खुद्रा पसल सञ्चालन गर्दै आउनुभएका विष्टलाई प्रहरीले चरेशसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक नरेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो । विष्टलाई इलाका प्रहरी कार्यालय लटिनाथबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका विष्टलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय ल्याउने तयारी छ ।