लगातारको बर्षाले नदी तथा खोलामा बाढी आउन सक्ने भन्दै सतर्क रहन प्रशासनको आग्रह

३ बर्ष अघि

२0७८ असार ४ शुक्रबार

लगातारको बर्षाले नदी तथा खोलामा बाढी आउन सक्ने भन्दै सतर्क रहन  प्रशासनको आग्रह

लगातारको वर्षाले नदी तथा खोलामा बाढी आउन सक्ने भन्दै सतर्क रहन जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको छ । दुई तिन दिनदेखि लगातारको पानीले जिल्लाका विभिन्न नदी र खोलामा बाढी आएको छ । लगातारको पानीले केही नदीहरुमा पानीको बहाव उल्लेख्य बढेको छ । महाकाली नदीमा पानीको बहाव बढदै गएको बताइएको छ  नदीमा पानीको बहाव बढ्दा आसपासका क्षेत्रमा जोखिम बढेको छ ।   शुक्रबार  जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक सुचना जारी गदैँ वर्षाका कारण महाकाली नदीमा पानीको सतह सतर्कता तहसम्म पुग्न सक्ने सम्भावना रहेकाले महाकाली नदी तटिय क्षेत्र तथा जिल्लाका अन्य नदी खोलाहरुमा बाढि आउन सक्ने सम्भावना रहेकाले जिल्लाबासीहरुमा सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ । दुई तिन दिनदेखि लगातारको पानीले महाकाली नदीमा पानीको बहाब बढेर ५सय ८० सेन्टिमिटर पुगेको दत्तु प्रहरी चौकीले जनाएको छ । नदी आसपासका स्थानीयहरुलाई सतहर्क रहन आग्रह गरिएको प्रहरीले जनाएको छ । जिल्लाका केही साना नदीमा पनि बहाव उल्लेख्य बढ्न सक्ने अनुमान गरिएको छ । गएको जेठ २८ गते मनसुन भित्रिएसँगै देशभर लगातार जसो पानी परिरहेको छ ।  यो हप्ता मनसुन सक्रिय भइ देशभर पानी पर्ने हुँदा बाढी र पहिरोको जोखिम रहेकाले सचेत रहन प्रशासनले आग्रह गरेको हो ।