ब्याँसमा काेराेना संक्रमित खोज्न जनप्रतिनिधि र स्वास्थ्यकर्मी घरघरमा

३ बर्ष अघि

२0७८ असार १ मंगलवार

ब्याँसमा काेराेना संक्रमित खोज्न जनप्रतिनिधि र स्वास्थ्यकर्मी घरघरमा

दार्चुला । कोरोना संक्रमित बढ्न थालेपछि ब्याँस गाउँपालिकामा जनप्रतिनिधि र  स्वास्थ्यकर्मी स्थानीयका घरघरमा गएर सङ्क्रमितको खोजी गर्न थालेका छन् । अहिले स्वास्थ्यकर्मीले घरघरमा गएर बिरामीको एण्टिजेन परीक्षण गर्न थालेका हुन् । पछिल्लो समय कोरोना महामारी समुदायस्तरमै फैलिन थालेपछि गाउँगाउँमा स्वास्थ्यकर्मी गएर सङ्क्रमितको खोजी गर्न थालिएको ब्याँस गाउँपालिका अध्यक्ष दिलिप सिंह बुढाथोकीले जानकारी दिनुभयो । समुदायमा सङ्क्रमण फैलिएको पाइएपछि जनप्रतिनिधिसहितको स्वास्थ्यकर्मीको टोली घरघर गएर सङ्क्रमितको खोजी गर्दै उपचार गर्न थालेका छौँ । समुदायमा गएर कोरोना परीक्षण र औषधि वितरणजस्ता कार्यक्रमलाई अगाडि बढाएको उहाले बताए ।  यस्तै कोरोना पोजेटिभ देखिएका बिरामीलाई स्वास्थ्य समस्या भए थप स्वास्थ्योपचार लागि अस्पतालसम्म पुगाउन निशूल्क एम्बुलेन्स सेवा तयारी अवस्थामा राखिएको जनाइएको छ । ब्याँस गाउँपालिकामा अहिलेसम्म ९४ जनामा कोरोना  संक्रमण देखिएको छ ।