सामान्य प्रशासन मन्त्रालयका उपसचिव कुटिए

६ बर्ष अघि

२0७५ श्रावण २८ सोमबार

सामान्य प्रशासन मन्त्रालयका उपसचिव कुटिए

दृष्टीकोण समाचार, साउन २८ दार्चुला। सिंहदरबारभित्रै एक जना उपसचिव कुटिएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव ऋषि आचार्य कुटिएका हुन् ।मन्त्रालय स्रोतका अनुसार आइतबार दिउँसो निजामती कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीले उनीमाथि मुक्का प्रहार गरेका थिए । भण्डारीले सिफारिस अनुरुप एक कर्मचारीको सरुवा नगरिए पछि उनले कुटपिट गरेको स्रोतको भनाइ छ । उनले कुर्सी उचालेर जाइलाग्नुका साथै गमला समेत फुटाएका छन्, मन्त्रालयका एक अधिकारीले भने ।