भारत बाट अवैध रुपमा नेपाल भित्र्याइएको चप्पल बरामद

३ बर्ष अघि

२0७८ असार १ मंगलवार

भारत बाट अवैध रुपमा नेपाल भित्र्याइएको चप्पल बरामद

दार्चुला । भारतबाट अवैध रुपमा नेपाल भित्र्याएको चप्पल बरामद गरिएको छ ।  नेपाल प्रहरीले भारतबाट अवैध रुपमा नेपाल भित्र्याइरहेको एक सय जोड चप्पल बरामद गरेको छ । लेकम गाउँपालिका ३ गोइलाड नजिकै भारतबाट अवैध रुपमा भित्र्यारहेको अवस्थामा प्रहरीले रिल्याक्स कम्पनीका चप्पल बरामद गरेको हो । सीमा प्रहरी चौकी लालीबाट खटिएका प्रहरी निरीक्षक धु्रव विष्टको नेतृत्वमा खटिएको टोली चप्पल बरामद गरेको हो । प्रहरी देख्नेवित्तिकै चप्पलको भारी छोडेर समान भित्र्याउनमा संग्लन व्यक्ति फरार रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो ।