नेपाल बाल संगठन दार्चुलाको जमिन खाली गर्न पत्रचार

३ बर्ष अघि

२0७८ असार १ मंगलवार

नेपाल बाल संगठन दार्चुलाको जमिन खाली गर्न पत्रचार

दार्चुला । नेपाल बाल संगठन केन्द्रीय कार्यालयले दार्चुला सदरमुकाम खलंगास्थित बाल संगठनको जमिन खाली गर्न पत्रचार गरेको छ । बाल संगठनको नाममा रहेको जमिन लिज तथा भाडा करार सम्झौताहरु खारेज गर्न पत्रचार गरेको हो । लामो समयदेखि एसियन अकाडमी विद्यालयले प्रयोग गर्दै आएको सो बाल संगठनको भवन तथा जमिन खाली गर्न केन्द्रीय बाल संगठनले पत्रचार गरेको हो । केन्द्रीय बाल संगठनका निमित्त निर्देशक प्रियंका शर्माले जेठ २८ गते नेपाल बाल संगठन जिल्ला समिति दार्चुलालाई विगतको सम्झौता खारेज गरि नयाँ ढंगले अगि बढ्न पत्रचार गरेको हो । केन्द्रीय बाल संगठनले पत्रको बोदार्थ नेपाल बाल संगठनका केन्द्रीय अध्यक्ष, महासचिव तथा प्रमुख जिल्ला अधिकारी दार्चुलालाई बोदार्थ पठाएको छ । जिल्ला बाल संगठनमा नयाँ पदाधिकारी नियुक्त भएपछि जिल्ला बाल संगठनले एसियन अकाडमीलाई भवन खाली गर्न पत्र लेख्ख्दै आएको थियो । विद्यालयले भवन छाड्न नमान्दा जिल्ला प्रशासनको समन्वयमा बैठक बसेको हो । बैठकले केन्द्रीय समितिको पत्रचार अनुसार करार सम्झौता रद्ध भएको भन्दै जिल्लास्तरमा बाल संगठन र विद्यालयबीच आपसी सहमतिमा काम गर्न भनेको छ । नेपाल बाल संगठठन दार्चुलाका सभापति धनबहादुर कुवरले भन्नुभयो, हामीले विद्यालयलाई पटक पटक पत्रचार गरेका थियौं तर छोड्न नमानेपछि प्रशासनको समन्वयमा बैठक बसालेर विवाद टुंगाएका छौ । विवाद समधान लगत्तै पत्रकार सम्मेलन गर्दै सभापति कुवरले संगठनको पुरानो भवनमा मर्मतको काम सुरु हुने बताउनुभयो । यो वर्ष मर्मतको लागि बजेट आएको छ, पुरानै भवनमाथि मर्मत सुरु गर्दैछौ ।  यस्तै बाल संगठनका बाकी जमिनमा नयाँ भवन निर्माण सुरु हुने जानकारी दिनुभयो । विद्यालय सञ्चालक समितिले विद्यालय खाली गराउन एक हप्ताको समय माग गरेको छ, सभापति कुवरले भन्नुभयो, हामीले दुई तिन दिनभन्दा बढि समय दिन नसकिने भनेका छौ ।