देशैभरि फैलियो मनसुनी प्रणाली

३ बर्ष अघि

२0७८ जेष्ठ ३१ सोमबार

देशैभरि फैलियो मनसुनी प्रणाली

काठमाण्डौ । मनसुनी प्रणाली देशैभरि फैलिएको छ । गएको शुक्रवार नेपालको पूर्वी भूभागबाट प्रवेश गरेको मनसुनी प्रणाली देशैभरि फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यही हप्ता मनसुन थप सक्रिय भइ धेरै ठाउँमा मध्यम तथा केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । अहिले देशका सबैजसो ठाउँमा बादल लागेको छ। केही ठाउँमा पानी पनि परिरहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । आज दिउँसो पनि देशका सबैजसो ठाउँमा बादल लाग्ने सम्भावना रहेको छ । प्रदेश(१, प्रदेश(२, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी ठाउँमा पनि सामान्यदेखि मध्यमखालको पानी पर्ने सम्भावना रहेको छ । आउँदो तीन दिनसम्म देशका धेरै ठाउँमा मेघगर्जन तथा चट्याङ्गसहित ठूलो पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।