दार्चुलामा असार १० गते सम्म निषेधाज्ञा थप

३ बर्ष अघि

२0७८ जेष्ठ ३0 आईतवार

दार्चुलामा असार १० गते सम्म निषेधाज्ञा थप

दार्चुला जिल्लामा निषेधाज्ञा थप गरिएको छ । आइतबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बैठकले कोभिड १९ रोकथाम तथा नियन्त्रणको कार्यलाई थप प्रभावकारी बनाउन असार १० गते सम्मका लागि निषेधाज्ञा थप गर्न सिफारिस गरे अनुसार निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । दार्चुलामा पाचौ पटक असार १० गते राति १२ बजे सम्म लागु हुने गरि निषेधाज्ञा जारी गरिएको छ ।