दार्चुलामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि

३ बर्ष अघि

२0७८ जेष्ठ २७ बिहीबार

दार्चुलामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि

दार्चुला । दार्चुलामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार विहिबार ५ वटा स्थानीय तहमा २८ जना कोरोना संक्रमित थपिएका हुन् । स्वास्थ्य कार्यालयका अनुसार नैगाड गाउँपालिकामा ९ जनामा कोरोना संक्रमण देखिएको  छ। यस्तै महाकाली नगरपालिकामा ६ जना  व्याँस गाउँपालिकामा ५  दुहुँ गाउँपालिकामा ४ गोकुलेश्वर अस्पतालमा ३ जना र जिल्ला अस्पतालमा १ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्लाभरी एक सय  जनामा कोरोना परिक्षण गरिएको थियो । विहिबारसम्म जिल्लाभरी संक्रिय संक्रमितको संख्या १ सय २२ जना रहेका स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।