दार्चुलामा थप ४५ जना कोरोना संक्रमण पुष्टि

३ बर्ष अघि

२0७८ जेष्ठ २६ बुधबार

दार्चुलामा थप ४५ जना  कोरोना संक्रमण पुष्टि

दार्चुला । दार्चुलामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो समय घट्दै गएको कोरोना संक्रमितको संख्या दार्चुलामा फेरि बढेको छ । स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार बुधबार ६ वटा स्थानीय तहमा ४५ जना कोरोना संक्रमित थपिएका हुन् । स्वास्थ्य कार्यालयका अनुसार व्याँस गाउँपालिकामा मात्रै ३५ जनामा कोरोना संक्रमण देखिएको  छ। यस्तै मार्मा गाउँपालिकामा ४ जना, गोकुलेश्वर अस्पतालमा २ जना, लेकम गाउँपालिका र दुहुँ गाउँपालिकामा १,१ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्लाभरी एक सय  जनामा कोरोना परिक्षण गरिएको थियो । बुधबारसम्म जिल्लाभरी संक्रिय संक्रमितको संख्या १ सय १० जना रहेका स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।