मार्मामा जीप दुर्घटना

३ बर्ष अघि

२0७८ जेष्ठ २६ बुधबार

मार्मामा जीप दुर्घटना

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकामा खाद्यान्न बोकेको जीप दुर्घटनामा परेको छ । शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरबाट अपिहिमाल गाउँपालिकाको मकरीगाडको लागि हिडेको सुपप्र ०१००१ ज १३२१ नम्बरको जीप मार्मा गाउँपालिका १ को पारिबगरमा दुर्घटनामा परेको हो ।  जीप सडकबाट तल खसेको हो । जीपको अगाडि र पछाडिको भागमा क्षति पुगेको छ । र्दुटनामा परेका दुर्घटनामा परेका चालक बैतडीको दोगडाकेदार गाउँपालिका– ५ बस्ने वर्ष ३० का आनसिंह कार्की र जीप शाहु मार्मा गाउँपालिका–३ लटिनाथ बस्ने ५० वर्षीय धिरेन्द्र विष्ट सकुशल रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्र चन्दले जानकारी दिनुभयो ।