नेपालमा थप ८१ जना कोरोना संक्रमितको मृत्यु

३ बर्ष अघि

२0७८ जेष्ठ २६ बुधबार

नेपालमा थप ८१ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । नेपालमा थप ८१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा ८१ जना कोरोना संक्रमितको मृत्यु भएको हो । मन्त्रालयका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ८ हजार १७९ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।