नेपालमा थप ४ हजार ३ सय ४४ संक्रमित थपिए, ५ हजार ७ सय ६८ जना डिस्चार्ज

३ बर्ष अघि

२0७८ जेष्ठ २६ बुधबार

नेपालमा थप  ४ हजार ३ सय ४४ संक्रमित थपिए, ५ हजार ७ सय ६८ जना डिस्चार्ज

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ३४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको  १२ हजार ७४ जनाको पीसीआर परीक्षणबाट ३ हजार ४ सय ४९ र ४ हजार ५ सय ६८ एन्टिजेन परीक्षणमा ८ सय ९५ जना गरी ४ हजार ३ सय ४४ जना कोरोना संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा थप ८१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट ५ हजार ७ सय ६८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।