भीरबाट लडेर एक पुरुषको मृत्यु

३ बर्ष अघि

२0७८ जेष्ठ २६ बुधबार

भीरबाट लडेर एक पुरुषको मृत्यु

महाकाली नगरपालिकामा भीरबाट लडेर एक पुरुषको ज्यान गएको छ । महाकाली नगरपालिका वडा नम्बर ३ काँटै गाराकु बस्ने वर्ष ३१ का लोकेन्द्र बहादुर बमको भीरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो । जिल्ला सदरमुकाम खलंगा मोबाइल पसल थापेका व्यवसायी बमको खलंगाबाट घर जाने क्रममा मंगलबार राती १० बजे महाकाली नगरपालिका वडा नम्बर ३ काँटै धारको भीरबाट लडेर ज्यान गएको हो । अन्दाजी ५०÷६० मिटर तल बमको शव फेला परेको प्रहरी निरीक्षक एवं सूचना अधिकारी चन्दले जानकारी दिनुभयो । मंगलबार राती नै प्रहरीलाई खबर भएकाले दल्लेख प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षकको टोली घट्ना स्थलमा पुगेको थियो । थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक पुस्कर ऐरी नेतृत्वको प्रहरी टोली पनि घट्ना स्थलमा पुगेको थियो । प्रारम्भिक अनुसन्धानबाट लडेरै ज्यान गएको हुनसक्ने अनुमान गरिएपनि थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दार्चुला ल्याइएको छ ।