दार्चुलामा कोभिड–१९ संक्रमितको चाप घट्दै

३ बर्ष अघि

२0७८ जेष्ठ २६ बुधबार

दार्चुलामा कोभिड–१९ संक्रमितको चाप घट्दै

जिल्ला  अस्पताल दार्चुलामा कोभिड–१९ संक्रमितको चाप घट्दै गएको छ । चाप घटेसँगै अस्पतालमा कोरोना संक्रमितलाई उपचारका लागि राखिने बेड खाली हुन थालेका छन् । कोरोनाको दोस्रो लहर सुरु भएसँगै अस्पतालका बेडहरु भरिभराउ भएका थिए । पछिल्ला केही समय यतादेखि जिल्ला अस्पतालमा कोभिडका बेड खाली हुन थालेका छन् । अस्पतालका सुचना अधिकारी डम्मर दत्त भट्टका अनुसार मंगलबार दिउसो सम्म अस्पतालको कोभिड वार्डमा १० जना मात्रै कोरोनाका संक्रमित हरको बताएका छन भने १० बेड अस्पतालका खाली नै रहेको सुचना अधिकारी भट्टले बताएका छन  । केही समय अघि सम्म जिल्ला अस्पताल दार्चुलामा १४ देखि १५ जनाको उपचार हुने गरेको भएपनि केही समययता अस्पतालमा कोरोनाको जोखिम कम भएको बताइएको छ । हाल १ जना पुरुष तथा एक जना महिलालाई एचडियु बेडमा भर्ना गरेर उपचार भइरहेको छ भने अन्य ८ जनाको अस्पतालको आइसोलेसनको बेडमा उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ ।  पछिल्लो समय गम्भीर खालका कोरोना संक्रमितको संख्या घट्दै जान थालेपछि अस्पतालहरुमा कोभिड बेडहरु खाली हुँदै गएको स्वास्थ्यकर्मीहरुले बताएका छन । हाल सम्म जिल्ला अस्पताल दार्चुलाले ६ जना कोरोना संक्रमतिलाई थप उपचार गर्न जिल्ला बाहिर समेत पठाएको   छ ।