अक्सिजन सिलिन्डर संकलन गरेर अस्पतालमा बुझाउदै प्रहरी

३ बर्ष अघि

२0७८ जेष्ठ १४ शुक्रबार

अक्सिजन सिलिन्डर संकलन गरेर अस्पतालमा बुझाउदै प्रहरी

दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलाले अक्सिजन सिलिन्डर संकलन गरी अस्पताललाई हस्तान्तरण गरिरहेको छ । कोरोना भाइरस संक्रमित बिरामीको उपचारार्थ जिल्लाका विभिन्न अस्पतालमा ३४ सिलिन्डर हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्टले बताए । शुक्रवार मात्रै जिल्ला प्रहरी कार्यालय दार्चुलाले १० भरिएका सिलिन्डर जिल्ला अस्पताल दार्चुलालाई हस्तान्तरण गरेको तथा ५ सिलिन्डर लटिनाथ स्वास्थ्य चौकीका लागि पठाएको छ । यी सिलिन्डर अपि हाइड्रोपावर कम्पनी, ग्यारेज तथा अन्य कम्पनीसँग सहकार्य गरी संकलन गरेको जनाइएको छ । प्रहरी नायव उपरीक्षक भट्टका अनुसार दार्चुला प्रहरीले अहिलेसम्म ३४ सिलिन्डर संकलन गरि हस्तान्तरण गरेको छ । ११ सिलिन्डर गोकुलेश्वर अस्पताललाई, १० सिलिन्डर लटिनाथ स्वास्थ्य चौकी र १३ सिलिन्डर जिल्ला अस्पताल दार्चुलालाई हस्तान्तरण गरिएको हो । प्रहरीले अन्य कम्पनी तथा व्यक्तिसँग त्यस्ता अक्सिजन सिलिन्डर भएमा उपलब्ध गराउन अनुरोध गरेको छ । जलविद्युत् आयोजना निर्माणका क्रममा अक्सिजनको प्रयोग गरिएको हुन्छ ।  अहिले दार्चुलामा तत्कालका लागि अक्सिजनको अभाव नरहेको जनाइएको छ ।