नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या सात हजार नाघ्यो

३ बर्ष अघि

२0७८ जेष्ठ १४ शुक्रबार

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या सात हजार नाघ्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ९६ जना संक्रमितको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ७०४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार २०११० नमुना परीक्षण हुँदा ६९५१ संक्रमित थपिएका छन् । कोरोनाको दोस्रो लहर सुरु भएयता वैशाख ५ गते सबैभन्दा धेरै २४६ जनाको मृत्यु भएको थियो ।