एकैदिन ९ हजार ८ सय ४१ जना डिस्चार्ज, ६ हजार ९ सय ५१ संक्रमित थपिए

३ बर्ष अघि

२0७८ जेष्ठ १४ शुक्रबार

एकैदिन ९ हजार ८ सय ४१ जना डिस्चार्ज, ६ हजार ९ सय ५१ संक्रमित थपिए

काठमाडौँ ।  नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १९ हजार ३१३ जनाको पीसीआर परीक्षणमा ६ हजार ८ सय ५५ र ९ सय ९७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९६ जना गरी कुल ६ हजार ९ सय ५१ जना संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा थप ९६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा ९ हजार ८ सय ४१ जना संक्रमित निको भएका छन् । निको हुने दर ७८.१ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।