महाकाली नदी नियन्त्रणकाे काम, अझै दुई बर्ष चल्ने 

६ बर्ष अघि

२0७५ श्रावण २८ सोमबार

महाकाली नदी नियन्त्रणकाे काम, अझै दुई बर्ष चल्ने 

सुलाेचना महता, साउन २८ दार्चुला । महाकाली नदी नियन्त्रण आयोजना सम्पन्न हुन अझै २ वर्ष लाग्ने भएको छ । आर्थिक वर्ष २०७०÷०७१ सालमा सरु भएको आयोजना आर्थिक वर्ष २०७४÷२०७५ मा सम्पन्न लक्ष्य रहेको भएता पनि निर्धारित समयावधि भित्र काम सम्पन्न नभएपछि आयोजनाको समय २ बर्ष थप भएको नदि नियन्त्रण आयोजनाले जनाएको छ । हाल सम्म नदि नियन्त्रण आयोजनाको भौतिक प्रगति ८० प्रतिशत र आर्थिक प्रगति ५९.२२ प्रतिशत भएको आयोजनाले जनाएको छ । महाकाली नदी नियन्त्रण आयोजनाको  सम्झौता रकम ३ अर्ब ५ करोड ५७ लाख मध्ये सिभिल कार्य गर्नका लागि २ अरर्ब ३ करोड ४३ लाख ५४ हजार ३ सय २३ रुपैँया छुट्याइएको थियो । नदि नियन्त्रणका लागि तटबन्ध निर्माण गर्न १७ ठेक्का मध्ये ९ वटा ठेक्का सम्पन्न भएका छन् । उक्त आयोजनाबाट हाल सम्म ४ सय घर र २ हजार ८ सय ७० जना लाभान्वित भएका छन् । भने ४३.५ हेक्टर जमिन सुरक्षित भएको छ । 
नदि नियन्त्रणको मुख्य क्षेत्र नमस्कार देखि लास्कु खोला सम्मको ४.५५ किलोमिटर पक्की तटबन्ध र अर्ध क्षेत्र धौलाकोट देखि लाली सम्मको ८.५ किलोमिटरमा तारजालीको काम भइरहेको नदि नियन्त्र    ण आयोजनाका सुचना अधिकारी तथा इन्जिनियर मुकेश पाठकले जानकारी दिनुभयो । हालसम्मको लागत ईस्टमेटे अनुसार २ अर्ब १२ करोड ३ लाख ६९ हजार १ सय ४३ रुपैँया, रहेकोमा सम्झौता रकम १ अर्ब ९३ करोड ४५ लाख ६४ हजार ३ सय ७१ रुपैँया र २०७५ असार सम्मको खर्च १ अर्ब ८३ करोड ३६ लाख ९० हजार ६० रुपैँया भएको महाकाली नदी नियन्त्रण आयोजनाले जनाएको छ ।
गत आर्थिक वर्ष २०७४÷२०७५ मा ९९.१६ प्रतिशत प्रगति भएको छ । कुल बजेट ५३ करोड ९७ लाख ९४ हजार मध्ये  ५३ करोड ५२ लाख ७६ हजार ९ सय ३० रुपैँया खर्च भएको छ । जसमध्ये पूजिगत बजेट ५२ करोड ८० लाख ४० हजार मध्ये ५२ करोड ६१ लाख २१ हजार ९ सय २ रुपैँया ३ पैँसा खर्च भएको छ भने चालुतर्फ १ करोड १७ लाख ५४ हजार मध्ये ९१ लाख ५५ हजार २८ रुपैँया खर्च भएको महाकाली नदी नियन्त्रण आयोजना सुचना अधिकारी तथा इन्जिनियर मुकेश पाठकले बताएका छन् ।  
हालसम्म २०७२ सालको भुकम्प, नाकाबन्दी, बर्षातका कारणले निमार्ण सामग्री समयमै साइडमा ल्याउन नसकेको, तिनै तहको निर्वाचन र न्युन बजेटका कारणले गर्दा समयमै काम सम्पन्न गर्न नसकेको आयोजनाले जनाएको छ ।