दार्चुलामा ७२ वर्षीय पुरुषको कोरोना संक्रमण पुरुषको मुत्यु

३ बर्ष अघि

२0७८ जेष्ठ ३ सोमबार

दार्चुलामा ७२ वर्षीय पुरुषको कोरोना संक्रमण पुरुषको मुत्यु

दार्चुला ।दार्चुलामा थप एक पुरुषको कोरोना संक्रमण बाट मुत्यु भएको छ । दुहुँ गाउँपालिका वडा नम्बर ३ घर भइ हाल दार्चुला सदरमुकाम खलंगा बस्दै आउनुभएका ७२ वर्षीय पुरुषको आज सोमबार बिहान कोरोना संक्रमण  बाट  मृत्यु भएको जिल्ला अस्पताल दार्चुलाका सुचना अधिकारी डम्मर दत्त भट्टले जानकारी दिनुभएको छ । सुचना अधिकारी भट्टका अनुसार उनमा आईतबार कोरोना संक्रमण पुष्टि भएको थियो । यो संगै दार्चुलामा कोरोना संक्रमण  बाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । दार्चुलामा दोस्रो लहरमा आईतबार सम्म ३ सय ३३ जनामा संक्रमण पुष्टि भएको छ भने ४३ जना कोरोना जितेका छन ।