दार्चुलामा थपियो निषेधाज्ञा जेठ १० सम्म अत्यावश्यक बाहेकका सेवा बन्द

३ बर्ष अघि

२0७८ जेष्ठ १ शनिबार

दार्चुलामा थपियो निषेधाज्ञा जेठ १० सम्म अत्यावश्यक बाहेकका  सेवा बन्द

दार्चुला । दार्चुलामा थप १० दिन निषेधाज्ञा बढाइएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द्रको सिफारिसको आधारमा जेठ १० गतेसम्म निषेधाज्ञा बढाएको हो ।  यसअघि एकसाताको लागि गरिएको निषेधाज्ञा शुक्रबार राती सकिएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले हिजो राती १ बजेदेखि लागू हुने गरी निषेधाज्ञा बढाएको जनाएको हो । जिल्ला प्रशासन कार्यालय दार्चुलाले जिल्लामा अत्यावश्यक सेवाबाहेकका सार्वजनिक सेवा पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिनुभयो ।  यस्तै जिल्लामा सञ्चालन रहेका बैंक तथा वित्तिय संस्थाहरु विहान ८ बजे देखि १० बजेसम्म मात्रै सञ्चालन हुने भएको छ । जेठ १ गतेबाट यो नियम लागू हुने प्रशासनले जनाएको छ । यस्तै अत्यावश्यक खाद्यान्न, तरकारी, दुग्ध लगायतका बजारहरु बिहान ५ बजेदेखि ९ बजेसम्म यथावत गरिएको प्रशासनले जारी गरिएको सूचनामा उल्ल्ेख गरिएको छ ।