डडेल्धुरा रिफर गरिएका महिलाको मृत्यु

३ बर्ष अघि

२0७८ जेष्ठ १ शनिबार

डडेल्धुरा रिफर गरिएका महिलाको मृत्यु

दार्चुला । फोक्सोमा समस्या देखिएपछि थप उपचारको लागि डडेल्धुरा रिफर गरिएका ३८ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको छ । अपिहिमाल गाउँपालिका घर भई हाल महाकाली नगरपालिका–५  बस्दै आउनुभएका महिलाको मृत्यु भएको हो ।  बिहीबार मात्रै कोरोनाको नयाँ भेरियन्टको संक्रमण देखिए पछि जिल्ला अस्पताल दार्चुलामा भर्ना गरिएको थियो । फोक्सोमा समस्या देखिन थालेपछि शुक्रबार थप उपचारको लागि डडेल्धुरा लगिएको थियो ।  डडेल्धुरा अस्पतालमा भर्ना गरिएको १५ मिनेटमै ती महिलाको मृत्यु भएको आफन्तले जनाएका छन् । दार्चुलामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ ।