ओली र नेपालबीच आज साँझ पनि भेटवार्ता हुँदै

३ बर्ष अघि

२0७८ बैशाख ३१ शुक्रबार

ओली र नेपालबीच आज साँझ पनि भेटवार्ता हुँदै

काठमाडौं । नेकपा एमालेका अध्यक्षका केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज पनि भेटवार्ता हुने भएको छ । साँझ ६ बजे सिंहदरबारमा भेटवार्ता हुने तय भएको छ ।आजको वार्तामा भने ओली र नेपालले आफू निकट नेताहरुलाई पनि सामेल गराउने भएका छन् । वार्तामा जाने नेपाल समूहका नेताहरुको टुंगो लागेको छ । ओलीसँगको वार्तामा नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, गोकर्ण बिष्ट र रघुजी पन्त सहभागी हुने भएका छन् । तर ओली तर्फबाट भने टुंगो लागेको छैन । ‘उहाँहरु ९ओली र नेपाल० बीच वार्ता हुने हो । अरुबारे थाहा छैन’, ओली निकट नेता एवं संसदीय दलका उपनेता सुवास नेम्वाङले भने । ओली र नेपालबीच बिहीबार दिउँसो लामो सम्वाद भएको थियो । यो सम्वादमा एमालेभित्रको विवाद मिलाउने सहमति भएपछि नेपाल समूहका सांसदहरुको राजीनामा रोकिएको थियो । नेपाल समूह पछि हटेसँगै बिहीबार राति नै संविधानको धारा ७६ ९३० अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरिएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई आजै शपथ ग्रहण समेत गराइसकेकी छिन् । ओलीले आजै पदभार समेत गर्दैछन् ।