यी जिल्लामा गरियो निषेधाज्ञा थप

३ बर्ष अघि

२0७८ बैशाख ३१ शुक्रबार

यी जिल्लामा गरियो निषेधाज्ञा थप

काठमाडौँ । कोरोनाभाइरसका संक्रमित थपिँदै गइरहेकोले देशका विभिन्न जिल्लामा जारी निषेधाज्ञालाई थप गर्दै कडाइ गरिने भएको छ । सल्यान, गोरखा, बाजुरा, मकवानपुर, धनुषा, काभ्रे, झापालगायत जिल्लामा फेरि निषेधाज्ञाको समय थप गरिएको छ । सल्यान र गोरखामा जेठ १५ गतेसम्म निषेधाज्ञा गरिने सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले सूचना निकालेर जानकारी दिएका छन् । यस्तै बाजुरामा जेठ ७ गते राति १२ बजेसम्म निषेधाज्ञा लगाइएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए । मकवानपुरमा पनि निषेधाज्ञा थप गर्दै जेठ १३ गतेसम्म पु¥याइएको छ । साथै प्रदेश नम्बर २ को धनुषामा १० दिन निषेधाज्ञा थप गरिएको छ । वैशाख ३१ गते राति १२ बजेदेखि जेठ १० गते राति १२ बजेसम्मको लागि जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधाज्ञा जारी गरेको हो । झापामा पनि निषेधाज्ञा थपेर जेठ ७ गतेसम्म जारी गर्ने निर्णय गरिएको छ ।