महाकाली नगरपालिकाका विभिन्न स्थान डुवानमा, टोल-टोलमा पस्यो बाढी

६ बर्ष अघि

२0७५ श्रावण २८ सोमबार

महाकाली नगरपालिकाका विभिन्न स्थान डुवानमा, टोल-टोलमा पस्यो बाढी

दृष्टीकोण समाचार, साउन २८   महाकाली र जोगबुढा नदीमा पानीको बहाव बढेपछि कञ्चनपुरको महाकाली नगरपालिकाका विभिन्न स्थान डुवानमा परेका छन् ।शनिबार रातिदेखि परेको पानीका कारण महाकाली नगरपालिका वडा नं. ८, ९ र १० का बस्ती डुवानमा परेका हुन् । बाढी टोलमा पसेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् ।उनीहरुलाई प्रहरी, सशस्त्र प्रहरी लगायतको सहयोगमा सुरक्षित स्थानमा राखिएको छ ।भारतीय पक्षले धार्चुलाको धौलीगंगा जलविद्युत् परियोजनाको बाँधको पानी जोगबुढा नदीमा छाडेपछि शान्तिटोल, गिरी टोल, गुरुङ टोल, कुतियाकबरलगायतका बस्ती डुवानमा परेको महाकाली नगरपालिकाका प्रवक्ता दिलबहादुर सिंजालीले बताए  ।भारतीय पक्षले धार्चुलाको धौलीगंगा जलविद्युत परियोजनाको बाँधका ढोका खोलेको जिल्ला आपतकालिन कार्य संचालन केन्द्रले जनाएको छ ।पानी पर्ने क्रम नरोकिएको र भारतीय पक्षले बाँधका ढोका खोलेकाले नदीमा पानीको बहाव अझै बढ्न सक्ने अनुमान गरिएको छ ।नदीमा पानीको बहाव बढेसँगै तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।महाकाली नदीमा पानीको बहाव १ लाख ५ हजार क्यूसेक पुगेपछि भारतीय पक्षले महाकाली पुलमा चारपाङ्ग्रे सवारीका साधन आवागमनमा रोक लगाएको छ ।