दार्चुलामा थप एक जना पुरुषको मुत्यु

३ बर्ष अघि

२0७८ बैशाख ३१ शुक्रबार

दार्चुलामा थप एक जना पुरुषको मुत्यु

दार्चुला । जिल्ला अस्पताल दार्चुलामा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । विहिबार  राती करिब ९ बजे उपचारको क्रममा महाकाली नगरपालिका वडा नम्बर ५ गल्फैका ६४ वर्षिय पुरुषको मृत्यु भएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ । मृतक पुरुषमा केहि दिन पहिले कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।  यो संगै दार्चुलामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । यस अघि जिल्लाको मार्मा गाउँपालिका नौगाड गाउँपालिका व्यासँ गाउँपालिकाका तथा शैल्यशिखर नगरपालिकामा समान १÷१ जना कोरोना सक्रमितको मुत्यु भएको छ भने महाकाली नगरपालिकाको १ जनागरी ५ वटा स्थानीय तहका ५ जना कोरोना  संक्रमितको मुत्यु भएको छ ।दार्चुलामा दोस्रो लहरको कोरोना सक्रमण पुष्टि भए यता कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ सय १६ पुगेको छ  संक्रमितमध्ये शुक्रबार सम्म २९ जना निको भएका छन् ।