नेपालमा पहिलो पटक संक्रिय कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो

३ बर्ष अघि

२0७८ बैशाख २९ बुधबार

नेपालमा पहिलो पटक संक्रिय कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो

काठमाडौँ ।  नेपालमा पहिलो पटक संक्रिय कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ । पछिल्लो २४ घन्टामा ९ हजा। ३ सय ५ संक्रमित थपिएसँगै नेपालमा सक्रिय कोरोनाका बिरामीको संख्या १ लाख १ हजार ६ सय ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभरका विभिन्न प्रयोगशालामा गरिएको २० हजार ७ सय ८६ पीसीआर र एन्टिजेन परीक्षणका क्रममा मंगलबार थप ९ हजार ३ सय ५ जनामा कोरोना संक्रमण देखिएको हो । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार २ सय ५२ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा ४ हजार ४ सय ४४ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । यो सँगै ३ लाख १६ हजार ४ सय ६८ जना संक्रमण मुक्त निको भएका छन् । यो कुल संक्रमितको ७४.९ प्रतिशत हो ।