नेपालमा थप ९ हजार ३ सय ५ जना संक्रमित पुष्टि, १६८ को मृत्यु

३ बर्ष अघि

२0७८ बैशाख २९ बुधबार

नेपालमा थप ९ हजार ३ सय ५ जना संक्रमित पुष्टि, १६८ को मृत्यु

काठमाडौँ ।  नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार ३ सय ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको २० हजार ३ सय ६२ जनाको पीसीआर परीक्षण र ४ सय २४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा गरी ९ हजार ३ सय ५ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् । यसैगरी थप १ सय ६८ जनाको मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए । सोही अवधिमा ४ हजार ४ सय ४४ जना संक्रमित निको भएका छन् ।