दार्चुलामा थप ३९ जनामा कोरोना पुष्टि,

३ बर्ष अघि

२0७८ बैशाख २९ बुधबार

दार्चुलामा थप ३९ जनामा कोरोना पुष्टि,

दार्चुला । दार्चुलामा थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ भेरियन्टको कोरोनाको दोस्रो लहर सुरु भए यता दार्चुलामा ३ सय ९ जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका सिआसिटी सजकर्ता सुरज सुजन बोहराले जानकारी दिनुभयो । दार्चुलाको अपिहिमाल गाउँपालिकामा आज थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै महाकाली नगरपालिकामा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको उहाँले बताउनुभयो । जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा अपिहिमाल गाउँपालिकाका थप २० जनामा कोरोना पुष्टि भएको उहाँले जानकारी दिनुभयो । त्यस्तै अपिहिमालकै १६ जनामा र महाकाली नगरपालिकाका तीन जनामा पनि आज एन्टीजेन पोजेटिभ देखिएको उहाँले बताउनुभयो । अपिहिमालमा मंगलबार पनि ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । आज थपिएका सहित दार्चुलामा कोरोना संक्रमितको संख्या ३ सय ९ पुगेको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । हालसम्म जिल्लाको अपि हिमाल गाउँपालिकामा सबै भन्दा बढी १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै महाकाली नगरपालिकाका ७० जनामा, शैल्यशिखर नगरपालिकामा ४४ जनामा, मार्मा गाउँपालिमाका १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै लेकम गाउँपालिकामा १७ जनामा, मालिकार्जुन गाउँपालिकामा १३ जनामा, दुहुँ गाउँपालिमाका १० जनामा, व्याँस गाउँपालिकामा ६ जनामा र नौगाड गाउँपालिकामा ३ जनामा नयाँ भेरियन्टको कोरोना संक्रमण पुष्टि भएको बोहराले बताउनुभयो । जिल्लामा हाल सम्म २४ जना कोरोना संक्रमणमुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाको तथ्याङ्क छ । जिल्लाको व्याँस गाउँपालिका, नौगाड गाउँपालिका, मार्मा गाउँपालिका र शैल्यशिखर नगरपालिकाका एक÷एक जना गरि ४ जनाको जिल्लामा उपचारको क्रममा कोरोना संक्रमणको कारण ज्यान गएको छ । भने दार्चुला घर भएका ३ जनाको जिल्ला बाहिर ज्यान गएको छ । अहिले दार्चुला जिल्लामा २ सय ८२ जना कोरोना सक्रिय संक्रमित रहेका छन ।