दार्चुलामा निषेधाज्ञा जेठ १० सम्म बढाउन सिफारिस

३ बर्ष अघि

२0७८ बैशाख २९ बुधबार

दार्चुलामा निषेधाज्ञा जेठ १० सम्म बढाउन सिफारिस

दार्चुला । वैशाख ३१ गतेसम्म जारी निषेधाज्ञा दार्चुलामा थप १० दिन लम्बाउन सिफारिस भएको छ । कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो ।  अहिलेसम्को अवस्था सामान्य नै रहेको निष्कर्ष निकाल्दै बैठकले जेठ १० गतेसम्म निषेधाज्ञा लम्बाउन जिल्ला प्रशासन कार्यालय दार्चुलालाई अनुरोध गर्ने निर्णय गरेको हो । सबै स्थानीय तहमा निषेधाज्ञाको अवस्था कायमै छ । यस्तै जिल्लामा खाद्य लगायतका पसलहरु खुल्ने समय यथावतै राख्ने निर्णय भएको जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताउनुभयो । जिल्लामा रहेका बैंक तथा वित्तिय संस्थाहरुको बारेमा संस्थाका प्रबन्धकहरुसँग छलफल गरेर निर्णय गर्ने बैठकले जनाएको छ ।