जिल्ला अस्पताल दार्चुलामा अक्सिजन प्लान्ट खरिद प्रक्रियामा ढिलाई

३ बर्ष अघि

२0७८ बैशाख २९ बुधबार

जिल्ला अस्पताल दार्चुलामा अक्सिजन प्लान्ट खरिद प्रक्रियामा ढिलाई

दार्चुला ।  जिल्ला अस्पताल दार्चुलामा अक्सिजन प्लान्ट खरिद प्रक्रियामै ढिलाई भएको छ । अक्सिजन सप्लार्यसले जिल्लाको लागि अक्सिजन प्लान्ट ढुवानीको लागि दररेट नै दिन नसक्दा खरिद प्रक्रिया ढिलाई भएको हो ।  अस्पतालले अक्सिजन प्लान्ट खरिद प्रक्रिया अघि बढाउने तयारी गरिसकेको छ, जिल्ला अस्पताल दार्चुलाका निमित्त मेडिकल सुपरिडेन्ट आर्दश लिम्बुले भन्नुभयो, तर आपूर्तिकर्ताले हामीले खरिदको लागि मागेको दररेट उपलब्ध गराउन सकेको छैन् । देशभर अहिले अक्सिजन प्लान्टको हाहाकार भएकोले आपूर्तिकर्ताले अक्सिजन प्लान्टको दररेट उपलब्ध गराउन नसकेको डाक्टर लिम्बुले बताउनुभयो । अहिले जिल्लामा काम चलाउँको रुपमा अक्सिजन छ ।  उहाँले भन्नुभयो, हामीले निकट भविष्यमै सञ्चालन हुने ५० वेड सैयाको अस्पताललाई पुग्ने गरी अक्सिजन प्लान्ट खरिद गर्न खोजेका हौ । त्यो अनुसारको ठूलो अक्सिजन प्लान्ट खरिदको लागि आपूर्तिकर्तासँग दररेट माग गरिएको छ । दररेट आउने वित्तिकै थप प्रक्रिया अघि बढ्छ । अस्पतालले तीन दिनभित्र दररेट उपलब्ध गराउन सूचनासमेत सार्वजनिक गरेको छ । जिल्ला अस्पताललाई अक्सिजन प्लान्ट खरिदको लागि सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले ८० लाख रुपैया बजेट विनियोजन गरेको छ ।