सुदूरपश्चिममा एकै दिन ३१ कोरोना संक्रमितको मृत्यु

३ बर्ष अघि

२0७८ बैशाख २९ बुधबार

सुदूरपश्चिममा एकै दिन ३१ कोरोना संक्रमितको मृत्यु

सुदूरपश्चिममा मङ्गलबार कोरोनाबाट ३१ जनाको मृत्यु  भएको छ। बिगत २४ घण्टामा कैलालीका १० जना, कञ्चनपुरका १६, बझाङ्गका २, त्यस्तै अछाम, डडेल्धुरा र बैतडीका १्१ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ। यस्तै  २४ घण्टामा  कूल १ हजार ७ सय २३ नमूना परीक्षण गर्दा ८ सय १८ जनाको रिपोर्ट पोजेटिभ आएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ। पीसीआर विधिबाट परीक्षण गर्दा ७ सय ३१ जना संक्रमित भेटिएका छन् भने, ऐन्टिजेन विधिबाट परीक्षण गर्दा ८७ जना संक्रमित फेला परेका छन्। सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल, डडेल्धुरा अस्पताल, जिल्ला अस्पताल डोटी, बैतडी अस्पताल, बझाङ्ग अस्पताल र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५० जनाको नमूना परिक्षण गर्दा थप ८ सय १८ जनामा संक्रमण पुस्टि भएको निर्देशनालयले जनाएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ६ सय ५९ नमूना परीक्षण गर्दा २ सय ७५ जना, महाकाली अस्पतालमा १ सय २३ नमूना परीक्षण गर्दा ९७ जना, डडेल्धुरा अस्पतालमा १ सय ७ नमूना परीक्षण गर्दा ६३ जना, डोटी अस्पतालमा १ सय ६ नमूना परीक्षण गर्दा ६७ जना बैतडी अस्पतालमा १ सय ८८ नमूना परीक्षण गर्दा १ सय १३ जना, बझाङ्ग अस्पतालमा ७१ नमूना परीक्षण गर्दा ३९ जना र अछामको कमलबजार अस्पतालमा ९६ जनाको नमूना परीक्षण गर्दा ७७ जनामा कोरोना संक्रमण पुस्टि भएको हो। हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा १ लाख ८७ हजार ९७ नमूना परीक्षण गर्दा २५ हजार ७ सय जनामा संक्रमण फेला परेको छ। प्रदेशभर संक्रमण पुस्टि भएका १५ हजार १ सय २५ जनाले कोरोना जितेका छन् भने, २ सय ५६ जनाको मृत्यु भएको छ।