दार्चुलामा थप ६९ जनामा कोरोना पुष्टि

३ बर्ष अघि

२0७८ बैशाख २८ मंगलवार

दार्चुलामा थप ६९ जनामा कोरोना पुष्टि

दार्चुला । दार्चुलामा थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टीजेन विधिबाट ११ जना र पिसिआर परिक्षणबाट ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । एन्टीजेन परिक्षणमा माहाकाली नगरपालिकाका ८ जना, मालिकार्जन गाउँपालिकाका १ जना र व्यास गाउँपालिकाका २ जना गरि ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै पिसिआर परिक्षणमा अपिहिमाल गाउँपालिकाका ५८ जनामा कोरोना संक्रमण पुष्ठि भएको स्वास्थ्य कार्यालय दार्चुलाका सिआइसिटी सहजकर्ता सुरज सुजन बोहराले जानकारी दिनुभयो । आज थपिएका सहित जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ७० पुगेको उहाँले बताउनुभयो । जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परिक्षणमा ५८ जनामा कोराना संक्रमण पुष्टि भएको बोहराले जानकारी दिनुभयो ।