आज बढ्यो सुनको मुत्य कतिमा हुँदैछ कारोबार

३ बर्ष अघि

२0७८ बैशाख २८ मंगलवार

आज बढ्यो सुनको मुत्य कतिमा हुँदैछ कारोबार

काठमाडौ ।  नेपाली बजारमा आज सुनको मुल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला ३०० रुपैयाँले सुनको मुल्य बढेको छ । नयाँ मूल्य अनुसार आज प्रतितोला ९२ हजार ३०० रुपैयामा कारोबार भइरहेको छ । तेजापी सुनको मूल्य ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । सोमबार छापाबाल सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको थियो । त्यस्तै सोमबार तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कोरोबार भएको थियो । चादीको मूल्य भने घटेको छ । आज चादी प्रतितोला १ हजार ३४५ रुपैयामा कारोबार भइरहेको छ । हिजो चादी प्रतितोला १ हजार ३६० रुपैयामा कारोबार भएको महासघले जनाएको छ ।