नेपालमा थप ९ हजार २ सय ७१ जनामा कोरोना संक्रमण संक्रमण पुष्टि

३ बर्ष अघि

२0७८ बैशाख २७ सोमबार

नेपालमा थप ९ हजार २ सय ७१ जनामा कोरोना संक्रमण संक्रमण पुष्टि

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार २७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १७ हजार ६ सय २३ जनाको पीसीआर परीक्षण र ७ सय ८८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा गरी ९ हजार २ सय ७१ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।